१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

संवैधानिक परिषद्को बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघि सुरु भएको हो।

आजको बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ।

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ।

प्रकाशित: १८ चैत्र २०८० ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App