२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।

बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा संघीयता सबलीकरण गर्न आगामी आ.व. २०८०/८१ को बजेट मा संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरणको तयारी, राजश्व र प्राकृतिक स्रोत उपयोग एवं लाभ बाँडफाँडको अवस्था, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस कार्यान्वयनको अवस्था, विद्युत प्रशारण आयोजनाको हालसम्मको कार्य प्रगति र समस्याको बारेमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ।

प्रकाशित: १८ चैत्र २०८० ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App