१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई बाबुरामको सन्देश: महिन्द्र यादवहरू माओवादीमा गएपनि मुद्दा गर्दिन

नेपाल समाजवादी पार्टी (नेसपा)को विवाद उत्कर्षमा पुगेको पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले महिन्द्र यादव पक्षका नेताहरू पार्टी छाडेर माओवादीमा जान सक्ने बताएका छन्। 

यस विषयमा आफूले मुद्दा मामिला नगर्ने प्रष्ट पारेका छन्। भट्टराईलाई बाइपास गर्दै यादव पक्षका नेताहरूले माओवादीसँग एकता गर्ने घोषणा गरेका छन्।

नेसपाले यही चैत ४ गते कार्यकारिणी समिति र ५ गते केन्द्रीय समितिको बैठक बोलाएको थियो। त्यही बैठकले गरेको निर्णय सार्वजनिक गर्न भट्टराईले बुधबार पत्रकार सम्मेलन गरेका थिए।

पत्रकार सम्मेलनमा आफूहरूसँग  केन्द्रीय समिति र कार्यकारिणी समितिमा ७० प्रतिशतभन्दा बढी सदस्य रहेको  दाबी गरे। महिन्द्र यादवलाई लक्षित गर्दै भट्टराई ले भने, ‘उहाँहरू पार्टी छाडेर माओवादीमा जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ। उहाँहरूले पार्टी छाडेर गए पनि हामीले मुद्दा मामिला गर्दैनौ। यो कुरा मैले उहाँ (माअ‍ाेवादीका अध्यक्ष पुष्पकमल दाहाल)लाई पनि मेसेज गरेर भनिसकेको छु।’

अहिले नेसपामा ४ जना सांसद छन्। केन्द्रमा महिन्द्र यादव र उमरावती यादव सांसद छन् भने प्रदेश सभामा बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेशमा फनिन्द्र देवकोटा सांसद छन्।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ गरेको विषयमा सोधिएको प्रश्नमा उनले प्रधानमन्त्रीको नियत माथि शङ्का गर्दै भने ‘यस्तो घटना पञ्चायतकालमा पनि हुन्थ्यो। त्यतिबेला राजाकै एडिसि र प्रहरी प्रमुख पक्राउ परेका थिए।’ उनले भने, ‘त्यतिबेला मैले पत्रकारिता बारेमा चासो राख्ने गर्थे। पञ्चायत कालमा हुने गरेका यस्ता घटनाबारेमा मैले राजेश्वर देवकोटालालाई सोधेको थिए। उनले भनेका थिए, ‘हेर्नुहोस बाबु आफैले पालेको खसी काट्नु कुन ठूलो कुरा भयो र? अहिले पनि आफैले पालेको खसी काटेर आफूलाई चोख्याउन खोजेको त होइन भन्ने आशङ्का उब्जिएको छ।’

प्रकाशित: ७ चैत्र २०८० १७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App