१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो: 'रविमाथि छानबिन गर्न संसदीय समिति गठन गरौँ'

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन्। 

उनले लामिछानेमाथि छानबिन गर्न पर्याप्त प्रमाणहरू रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।

उनले भने,  ‘म चुनौती दिन चाहन्छु( प्रधानमन्त्री प्रमाण छैन भन्दै हुनुहुन्छ। म प्रमाण छ भन्दैछु। यही सदनभित्र छानबिन समिति गठन गरौँ। प्रमाण छ कि छैन त्यो पनि हेरौँ।,’ 

मंगलबारकै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका थिए  उनी कुनै सहकारीको सञ्चालक र व्यवस्थपन नभएको र उनको नाममा प्रवाह भएको ऋण फर्स्योट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ आएको प्रधानमन्त्रीको दाबी थियो।

प्रकाशित: ६ चैत्र २०८० १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App