१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मनाङे भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त, सपथ साढे तीन बजे

एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त  भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन्। उनले आजै साढे तीन बजे सपथ लिदै छन्।

स्वतन्त्र रुपमा चुनाव जितेका मनाङे पछिल्लो समय एकीकृत समाजवादीमा आवद्ध थिए। तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै उनले आइतबार मात्र एकीकृत समाजवादी त्यागेको बताएका थिए।

सत्ता जोगाउन आन्तरिक गृहकार्यमा जुटेको कांग्रेसले मनाङेलाई मन्त्री बनाएर सत्तामा रहिरहने रणनीति बनाएको उच्च श्रोतले बताएको छ। नयाँ गठबन्धन पनि सत्ता हत्याउनका लागि बहुमत पुर्याउने कसरत गरिरहेको छ। सत्ता समीकरण बदलिएसँगै गण्डकीमा सरकार टिकाउने र बनाउने खेल सुरु भएसँगै मनाङेले पार्टी परित्याग गर्दा राजनीतिमा नयाँ ट्वीस्ट आएको छ।

प्रकाशित: ५ चैत्र २०८० १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App