१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनीमा मुख्यमन्त्री बन्न उन्मुक्ति र जसपा निर्णायक

रेशम चौधरी र रञ्जिता दम्पतीको विवादबीच सुदूरपश्चिम प्रदेशको वर्तमान सरकारलाई समर्थन गर्ने भन्दै नागरिक उन्मुक्तिका सांसदले नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि सत्ता धरमरमा देखिएको लुम्बिनी प्रदेश सरकारलाई केही आशा राख्ने ठाउँ दिएको छ।

हाल प्रदेश सरकारकै समर्थनमा रहेका उन्मुक्ति प्रदेशका सांसदहरू रञ्जितातिर गए स्वतः अल्पमतमा पर्ने खतरा देखिरहेको सत्ता नेतृत्वकर्ता कांग्रेसका लागि सुदूरपश्चिम प्रदेश रेशम अनुकूल बनिदिएपछि यहाँ पनि रेशमकै जोर चल्नेमा आशा गर्ने ठाउँ दिएको छ।

यो दलका लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरी भने अहिले काठमाडौंमा छन्। शीर्ष तहका नेताहरूसँग छलफल गर्न भन्दै काठमाडौं हानिएका मन्त्री चौधरी भने यो प्रदेशमा रहने भूमिकाबारे ठोस निर्णय सुनाउने अवस्थामा पुगिसकेका छैनन्।

‘सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको भए पनि हाम्रो प्रदेशमा पनि सोहीअनुसारको निर्णय हुन्छ नै भन्ने होइन र अहिले कुनै पनि ठोस निर्णय भइसकेको छैन,’ चौधरीले भने, शीर्ष नेताहरूसँग परामर्शमै छु, कसरी अघि बढ्ने भन्ने विषयको निक्र्योल चाँडै होला।’

सुदूरपश्चिममा जस्तै यहाँ पनि उन्मुक्तिले कांग्रेसलाई नै समर्थन गरेर जाने अवस्था रहे कांग्रेस र उन्मुक्तिको मत मात्रै संसद्मा ३१ कायम हुनेछ। उन्मुक्तिका सांसद यो प्रदेशमा चारजना छन्। यससँगै लोसपाले कांग्रेसलाई नै समर्थन रहनेमा ढुक्क रहेको कांग्रेसले लोसपाको तीन मतलाई पनि आफ्नो पक्षमै राखेर जोडेको छ। उन्मुक्तिले कांग्रेसलाई साथ दिए लोसपासहित कांगे्रसको मत ३४ मत हुनेछ।

यसैगरी, वर्तमान गठबन्धनको विपक्षमा देखिएको सिके राउत नेतृत्वको जनमत पार्टी पनि आफूसँगै रहने कांग्रेसको विश्वास छ। उसको तीन मत जोडिँदा कांग्रेसको पक्षमा सदनमा ३६ मत कायम हुनेछ।

यसैगरी, वर्तमान गठबन्धनको विपक्षमा देखिएको राप्रपालाई समेत आफू पक्षीय गणना गरेको कांग्रेसले राप्रपाको मत पाए संसद्मा आफ्नो पक्षमा ३९ मत पुर्‍याउनेछ। यसैगरी, राष्ट्रिय जनमोर्चाको एक मत र स्वतन्त्र एक मतलाई आफूसँगै रहने दाबी गरेको कांग्रेसले यो दुई मतसहित सदनमा आफूपक्षीय सांसदको संख्या ४१ पुर्‍याउनेछ।

यो प्रदेशसभाको अल्पमत हो। त्यो पनि नागरिक उन्मुक्ति कांग्रेसको समर्थनमा नरहे कांग्रेसलाई संसद्मा बहुमत पुर्‍याउन निकै हम्मे पर्ने देखिन्छ। त्यसो त, नागरिक उन्मुक्तिलाई मात्रै साथमा लिएर मात्रै कांग्रेस नेतृत्वको सरकार जोगिने अवस्था भने रहन्न।

उन्मुक्तिसँगै गठबन्धनमा जोडिएको जनता समाजवादी पार्टीको मत कांग्रेसले आफ्नो पक्षमा जोड्नै पर्छ। यसो हुँदा भने संसद्मा कांग्रेसको बहुमत पुग्छ। जसपाको तीन मत जोडिँदा कांग्रेसको मत ४४ मत पुग्छ। लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ।

कांग्रेसले उन्मुक्तिसँगै जसपालाई फकाउन अहिले लागि परेको छ। उन्मुक्तीले सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गरेर जाने निर्णय गर्नु र र अर्को अपरिहार्य बनेको दल जसपा पनि सरकारमै कायम रहेका कारण पनि कांग्रेसलाई सत्ता बचाउने आशा कायमै राखिदिएको भने छ। त्यसोत, जसपाले पनि यो प्रदेशमा आफे झुकाव कांग्रेसतिरै रहेको आशय देखाएको छ।

प्रकाशित: ५ चैत्र २०८० ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App