१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्वतन्त्र हैसियत दिन माग गर्दै प्रदेश सांसद मनाङेले दिए निवेदन

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ मनाङेले दल त्यागेको जानकारी गराएका छन्।

स्वतन्त्रबाट जितेर नेकपा एसमा प्रवेश गरेका गण्डकी सांसद मनाङेले दल त्यागेको जानकारीसहित आफूलाई स्वतन्त्र हैसियत दिन माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका हुन्।

आफूले स्वतन्त्रबाट जितेर आएकाले सोही हैसियत दिलाइदिन माग गर्दै निवेदन परेको प्रदेश सभाका सचिव हरिराज पोख्रेलले जानकारी दिए।

मनाङेलाई उद्धृत गर्दै सचिवालयले भनेको छ,'बिना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भएकाले गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन यस्तो निर्णय गरेको हुँ।' मनाङेले केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहँदा पनि एमाले माओवादी गठबन्धनलाई बहुमत पुर्‍याउन सहज अवस्था नभएको बताएका छन्। त्यसैले प्रदेश सभा विघटन हुने र अद्यावधिमा जान सक्ने खतरालाई रोक्न आफूले यस्तो कदम चालेको बताए। 'मद्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको विदितै छ।'

मनाङेले आफू कांग्रेस नेतृत्वको सरकारको पक्षमा उभिने सङ्केत गरेका छन्। तर यसो गर्दा पनि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाइहाल्ने देखिँदैन। ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमाले २२, माओवादी ८, राप्रपा २ र मनाङे सांसद छन्।

प्रकाशित: ४ चैत्र २०८० १९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App