८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

व्यवस्था बलियो बनाउन काँग्रेस र एमालेको मेलमिलाप हुनुपर्छः सांसद पाण्डे

नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले काँग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभइ व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन्।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभइ देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए। उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए।

व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको उनले बताए। उनले काँग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए। 

प्रकाशित: ४ चैत्र २०८० १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App