१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो। बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ।

सभामुख देवराज घिमिरेले भने,‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्य विक्रम संवत २०४६ सालको आन्दोलनबाट राजनीतिक यात्र शुरुवात गर्नुभएकी मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा मिति २०८० साल चैत्र ४ गते आईतवार उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।’

सांसद शर्मा २०७९ सालको निर्वाचन समानपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित भएका थिए। २०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा शुरु गरेकी ६० वर्षीया उनको चैत्र ४ गते (आज बिहान) काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोली) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ। 

प्रकाशित: ४ चैत्र २०८० १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App