८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन तस्करीमा जोडिएकाहरूबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेस सुवालले सुन तस्करीमा जोडिएकाहरूबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सुन तस्करीमा जोडिएका व्यक्तिहरूबारे स्पष्ट पार्न जरुरी भएको बताए।

‘आजको सञ्चार माध्यममा प्रकाशित भयो, माओवादी नेतासमेतको संरक्षणमा सुन तस्करी, माओवादी नेताको सुन तस्करीसँग कनेक्सन रक्त चन्दन तस्करीकै बेला भएको थियो भनेर प्रकाशित भएको छ’, उनले भने, ‘को–को यसमा जोडिएका छन् प्रधानमन्त्रीलाई स्पष्ट गराउन जरुरी छ।’

उनले गृहमन्त्री रबि लामिछानेलाई ‘आफूले पत्रु भनेकाहरूसँग मन्त्री र उपप्रधानमन्त्री’ खाएको भन्दै व्यङ्ग्य  पनि गरेका छन्। ‘आफैले पत्रु भनेकाहरूसँग मन्त्री खानु उपप्रधानमन्त्रीको भीडमा मिसिनु। तिहुन चाख्ला जस्तै हुने विकल्प नहुने भन्नेमा पनि जनताको मत बढिरहेको छ’, सुवालले भने।

उनले एउटा मरेको माछाले पोखरीनै दुर्गन्धित हुने उल्लेख गर्दै भने, ‘सरकारमा गएर कानुनी र नकानुनी डकैती र ब्रहलुट जस्तै भइरहेको यो संसद्मा पटक पटक उठिरहेको हो। शासक दलहरूमा त्यस्ता मरेका मान्छे कति छन् ?’  

प्रकाशित: २ चैत्र २०८० १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App