१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

आज पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२  को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको हो।

त्यस्तै बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले उम्मेदवारी नदिने निर्णय गरेको छ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो।  

त्यस्तै बझाङको प्रदेशसभा ९१० बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ।

प्रकाशित: २८ फाल्गुन २०८० १६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App