१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनाव भन्दाअघि कसैले पनि गठबन्धन गर्ने कल्पना गर्दैनन्: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने बताएका छन्।

आईतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले  यस्तो बताएका हुन्।

उनले कसले कसलाई धोका दिन्छ भन्नेकुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए। नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाने पनि उनको भनाइ छ। उनले केही नेताहरु मिलेर चुनावअघि गठबन्धन गर्नेकुराको अब अन्त्य भएको बताए। उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताए। उनले निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए।

उनले भने, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ। यसको अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला। एउटा कुरा मलाई खुशी लागेको छ। यो चुनाव भन्दाअघि पार्टीहरु मिलेर, चुनावमा जाने। खास त्यो पार्टीहरु मिल्ने नै होइन, नेताहरु मिल्ने हो। नेताहरु मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो। थप खोक्रो बनाउँथ्यो। अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन। किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसावकिताव हुन्छ। यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ। नेपालको राजनीति भ्रष्टीकरण हुने जुन बाटोमा लागेको थियो, यो प्रकरणले सबैलाई सन्देश दिएको छ। यसले हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्ने कुरामा पनि लिएर जान्छ।’

प्रकाशित: २७ फाल्गुन २०८० १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App