१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा कार्यालयमा कुटाकुट, घटना छानबिन हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भित्र आइतबार बिहान कुटाकुट भएको छ।

आइतबार बिहान राप्रपाले कार्यसम्पादन समितिको बैठक डाँकेको थियो। बैठकको बिचमा खाने खाने समयमा कुटाकुट भएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठ माथि हातपात भएको बताएका छन्। ‘हामीले घटनाको भिडियो फुटेज हेरिरहेका छौँ, छानबिन हुदैछ। कसले कुटेको भन्ने अझै खुलेको छैन’, उनले नागरिकन्यूजसँग भने, ‘खुल्ने बित्तिकै कारबाही गर्छौ।’ कुटिएका डा.ठाकुर पूर्व एआईजी पनि हुन।

बैठकको बिचमा खाना खाने समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेलको कार्यकक्षबाट नेताहरू रविन्द्र मिश्र, विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल र ज्ञानेन्द्र शाहीको समूह पनि बाहिर निस्किएपछि कुटाकुट भएको हो।

एक जना व्यक्ति भाग्दै आएर अध्यक्ष लिङदेनको कक्षमा छिर्न खोज्दा उनी माथि कुटपिट भएको बताइएको छ। एक जना पुरुषलाई केही व्यक्तिलाई कुटिएको दृश्यसहितको भिडियो पनि बाहिरिएको छ। कुटाई खाइरहेका व्यक्तिलाई राप्रपाकै नेता बुद्धिमान तामाङ  र दिपकबहाुदर सिंह आएर जोगाएका थिए।

राप्रपाले नयाँ गठबन्धन सरकारमा नजाने स्पष्ट पारिसकेको छ। राप्रपा अहिले राजसंस्था फर्काउने र हिन्दु राज्य कायम गर्ने माग सहित आन्दोलनमा छ। 

प्रकाशित: २७ फाल्गुन २०८० १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App