१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय जनमोर्चाद्वारा समर्थन फिर्ता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन्। राष्ट्रिय जनमोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले गर्नुभएको नयाँ मन्त्रिमण्डल गठन र कार्य विभाजन गर्दा अपनाएको नीतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ। साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्दछु।’

नेकपा एमालेको प्रतिगामी उन्मुख राजनीतिक दिशाका कारण उससँग कुनै पनि स्तरमा तालमेल नगर्ने नीति अपनाएको आफ्नो पार्टीले एमालेसहितको सरकारलाई समर्थन नदिने निर्णय गरेको अध्यक्ष केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष केसीले भनेका छन्, ‘दर्जनौं सहकारीका करोडौं रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालय सुम्पिएर प्रधानमन्त्रीले लाचारीपन देखाउनुभएको छ। सरकारको यस्तो कार्यले प्रतिगमन र भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने छ।’

प्रकाशित: २४ फाल्गुन २०८० ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App