२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

नयाँ समीकरणबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शितल निवास जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न लागेका छन्।

उत्पन्न नयाँ समीकरणबाट सङ्घीय सरकार बनाउने समझदारी बनेपछिको परिस्थितिलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल अबको केहीबेरमा राष्ट्रपति भवन शितल निवास जान लागेका हुन्।

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले सो विषयमा राष्ट्रपतिलाई जानकारी गराउने छन्।

नयाँ बन्ने सरकारमा माओवादी, एमाले, रास्वपा र जसपा रहेका छन्। नयाँ बन्ने गठबन्धनमा जनमत पार्टी जाने वा नजाने भन्ने विषयमा छलफलमा जुटेको छ।

प्रकाशित: २१ फाल्गुन २०८० १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App