१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक अबको केहीबेरमा बस्दै

फाइल तस्बिर

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ। बैठक अहिले बिहान ७ः४५ बजे सिंहदरवारस्थित समितिको कार्यकक्षमा बस्ने छ। 

आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

यसअघि आइतवार बसेको बैठकमा पनि यस विधेयकबारे छलफल भएको थियो। आइतवार नै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि बैठक आजका लागि बोलाइएको हो।

प्रकाशित: २१ फाल्गुन २०८० ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App