१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदमा काँग्रेस सांसद बडूको प्रश्न: कृषिमन्त्री कहाँ हुनुहुन्छ ?

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दुध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसदमा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे। उनले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए। 

कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो। उनले दुध किसान र मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि भईरहेको कार्यबारे तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए।

सांसद बडुले भने, ‘केही दिनयता छापाहरुमा निरन्तर रुपमा दुग्ध किसानहरुले आफ्नो दुध सडकमा फालिरहेका छन्। यस्तो हृदयविदारक देखेर यो सरकारको मन किन छुँदैन? सरकारको कृषिमन्त्री कहाँ हुनुहुन्छ? के गर्दैछ सरकार, यस समस्याको निराकरणको निमित्त? सदनलाई जानकारी हुनुपर्‍यो। मिटरब्याज पीडितहरुका समस्या समाधान गर्न हामीले पछिल्लो संसदबाट कानून बनायौं। तर आजबाट सबैतिरबाट काठमाडौं धाउनुपर्ने अवस्था किन रह्यो? यदी यो कानूनमा अझै त्रुटी रह्यो भने ल्याउनुपर्‍यो। संसदमा संशोधन गरौं। होइन कानूनको कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन भने यो अर्को गम्भिर विषय हो। त्यसकारण सरकारले यी सबै विषयमा छिटो भन्दा छिटो संसदमा जवाफ दिनुपर्‍यो?’

प्रकाशित: १८ फाल्गुन २०८० १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App