२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद् भवनभित्र बैठक, बाहिर लघुवित्त पीडितहरूको नाराबाजी

लघुवित्त पीडितहरूले संसद् भवन परिसरभित्र पसेर नाराबाजी गरेका छन्।

सोमबार दिउँसो संसद् बैठक चलिरहँदा लघुवित्त पीडितहरू संसद् भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका हुन्। 

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौँमा आन्दोलन गर्न आएका ऋणीहरू सोमबार संसद् भवनभित्रै प्रवेश गरेर प्रदर्शन गरेका छन्। 

लघुवित्त संस्थाहरूले चर्को ब्याज असुलेको, ऋण लिएको रकम तिर्दा पनि थप रकम असुल्न थालेको, चर्को ब्याज दरमा ऋण दिने गरेको पीडितहरूले बताउँदै आएका छन्। ऋण असुली गर्दा सर्वसाधारणलाई मानसिक तनाव दिने गरेको तथा ऋणका जमानीकर्ताहरूलाई समेत विभिन्न उल्झनमा पार्ने गरेको पीडितहरूको आरोप छ। 

यसको विरोधमा उनीहरूले देशव्यापी रूपमा पटक–पटक आन्दोलन गरिरहेका छन्। पछिल्लो पटक आफ्ना मागहरू लिएर उनीहरू राजधानी आएका छन्। हरेक दिन जसो आन्दोलन गरिरहेका छन्। त्यसै सिलसिलामा उनीहरू सोमबार बानेश्वरस्थित संसद् भवनमा छिरेका हुन। 

 

प्रकाशित: १४ फाल्गुन २०८० १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App