७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मौलिक हक कार्यान्वयनको माग गर्दै संकल्प प्रस्ताव दर्ता

संविधानमा उल्लेख भएबमोजिमका मौलिक हकसँग सम्बन्धित कानुन कार्यान्वयन गर्न भन्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।

सोमबार एमाले सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ प्रस्तावक र विभिन्न दलका आठजना सांसद समर्थक रहेको संकल्प प्रस्तावमा मौलिक हकसँग सम्बन्धित एक दर्जन कानुन कार्यान्वयन गर्न माग गरिएको छ।

मौलिक हकसँग सम्बन्धित कानुन बने पनि कार्यान्वन नहुँदा जनताले यसको उपयोग गर्न नपाएको भन्दै यथाशीर्घ कार्यान्वयन गर्न माग गरिएको छ। संविधान कार्यान्वयनका लागि १५१ वटा कानुन बनाउनुपर्ने अवस्था एकातिर छ भने बनेका कानुन पनि कार्यान्वयन हुन सकेको अवस्था छैन।

प्रकाशित: १ फाल्गुन २०८० ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App