१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘दलहरूबाट पूर्वराजाको बदनाम गर्ने काम मात्र भयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूबाट पूर्वराजालाई बदनाम गराउने काम मात्र भइरहेको आरोप लगाएका छन्। राप्रपा नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरगञ्ज आइपुगेका अध्यक्ष थापाले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिँदै भने, ‘प्रधानमन्त्रीज्यूमा हिम्मत छ भने एकपटक दरबार हत्या काण्डको उच्चस्तरीय छानविन समिति गठन गरेर छानविन गराउनुहोस्, स्वतन्त्र र निष्पक्ष ढंगले।’

उनले आयोजित पत्रकार सम्मेलनमा सरकारले दरबार हत्याकाण्डमा जोजो दोषी देखिन्छन् ती सबैलाई कानुनको कटघरामा ल्याउन अध्यक्ष थापाले भने। उनले पूर्वराजा ज्ञानेन्द्रले पनि सत्यतथ्य बाहिर आओस् भन्ने चाहेको बताए।

‘यहीँबाट सबै कुराको निराकरण पनि निस्किन्छ नत्रभने कसैको बदनाम गराउने काम नहोस्,’ उनले भने। उनका अनुसार अहिले राजनीतिक दलहरूबाट राजपरिवारप्रति आरोप-प्रत्यारोप लगाउने काम मात्रै भइरहेको छ।

फरक प्रसंगमा अध्यक्ष थापाले जनलोकपालको व्यवस्था गर्न माग गरेका छन्। उनका अनुसार पछिल्लो समय मुलुकमा भ्रष्टाचार व्यापक बढ्दै गएको छ, तस्करीतन्त्रमा रूपान्तरित भएको छ।

राप्रपा नेपालले मुलुकमा देखिएको बेथितिविरुद्ध समाधान निकाल्नेसहित आन्दोलनको तयारीमा जुटेको अध्यक्ष थापा बताउँछन्। वर्तमान अवस्थामा राजनीतिक प्रणाली नै असफल देखिएको उनको भनाइ छ।

प्रकाशित: १ फाल्गुन २०८० १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App