१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री किराँतीले प्रधामन्त्री पुष्पकमल दाहालमाथि रामग्रामको आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका हुन्। उनले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्ने लगायत समझदारी गर्न खोजिएको आक्षेप लगाएको भन्दै असन्तुटि जनाए।

उनले पर्यटन मन्त्रीको रुपमा गल्ति भए जिम्मेवारी र सजायको भागिदार हुन आफू तयार रहेको बताए। सांसदहरुले नै अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा राम्रो नभएको उनले बताए। उनले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता गर्न आफू अध्यक्षतामा बसेको बैठकले स्वीकृत नदिएको बताए। उनले बैठकले कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस मात्रै गरेको दाबी गरे।

उनले भने,‘लुम्बिनी विकास कोषको अध्यक्ष भएकाले समितिमा छलफल गर्ने र रामग्रामका विषयमा सम्झौता भएको हो भने त्रुटिपूर्ण छ। सरकारको तर्फबाट कतै पनि स्वीकृत दिएको छैन। लुम्बीनी विकास कोषको बैठकमा स्पष्ट छ कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस बैठकले गरेको थियो। मन्त्री नै बसेर आफैँले सम्झौता गर्ने सस्कृति नसिकाउने भन्नेकुरा हुँदैन। रामग्रामसँग बिना प्रमाण सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोड्नु भएन। पर्यटनमन्त्रीको रुपमा गल्ति भएको छ भने आफैँ जिम्मेवारी र सजायको भागिदार हुन पनि तयार छु। तर अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा गरिमामय संसदीय समिति बैठकमा नगर्दा राम्रो हुन्छ।’

प्रकाशित: २८ माघ २०८० १७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App