१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्।

सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो। शुक्रवार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो हुने भएकाले तीन वटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्ने बताए। उनले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसदमार्फत सरकारलाई दबाब दिने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रमुख सचेतक गिरीले भने, ‘सडक व्यापारलाई मर्यादित ढंगले, सडकलाई पनि मर्यादित बनाउन सकियोस्। भद्रगोल पनि नहोस्। अव्यवस्था पनि नहोस्। सडक कुरुप पनि नबनोस्। तर सँगसँगै यसलाई मर्यादित र व्यवस्थित गर्नसक्ने हो भने हाम्रो जस्तो सानो इकोनोमी भएको, अहिलेको जुन आर्थिक स्थिति छ। यस्तो बेलामा सानोसानो पूँजीलाई लिएर मान्छेले आत्मनिर्भरताको बाटो लिइरहेका बेलामा यो एउटा अर्थतन्त्रको महत्वपूर्ण पाटो बन्नसक्छ। तर यसलाई नीतिबाट गाइड गर्नु पर्‍यो। विधिबाट गाईड गर्नुपर्‍यो। कानूनद्वारा व्यवस्थित गर्नुप¥यो। यसतर्फ सोच्नुपर्छ तीन वटै तहको सरकारले भन्ने मलाई लाग्छ।’

प्रकाशित: २६ माघ २०८० १९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App