१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् अजेन्डा

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि बस्ने बैठक भोलिसम्म चल्ने छ।

बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल हुने बताइएको छ। उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले मस्यौदा तयार पारेर यसअघि नै पार्टीलाई बुझाइसकेको छ। उक्त मस्यौतामा पार्टीका तल्ला कमिटीसम्म छलफल गरेर २४ माघमा लिखित सुझाव आएपछि स्थायी समिति बैठकले ती सुझावमाथि छलफल गर्न लागेको बताइएको छ। मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत गर्ने माओवादीको तयारी छ।

पर्टी अध्यक्ष पुष्पकमल दाहालले अधिवेशनको तयारीका विषयमा बुधवार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो।

स्थायी समितिले पारित गरेपछि सोही मस्यौदालाई विधान अधिवेशनमा पेस गरिने छ। माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुन १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित: २६ माघ २०८० १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App