२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनमतले संसदीय भुमिकालाई प्रभावकारी बनाउने

सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो। बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताए।

उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताए। उनका अनुसार गठबन्धनमा शुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली काँग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताए। 

प्रकाशित: २१ माघ २०८० १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App