१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पीडितलाई न्याय दिनेगरी संक्रमणकालीन न्यायसम्बन्धि विधेयक टुंग्याउनु पर्छः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ।

पीडितमैत्री बनाएर सो विधेयकलाई छिटो टुंगोमा पु¥याउनुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका हुन्।

शुक्रवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पीडितले न्याय पाउनेगरी सो सम्बन्धि विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताए। प्रमुख सचेतक परियारले सो विधेयक अघि बढाउने कुरामा अब ढिलाई गर्न नहुने बताए।

उनले भने, ‘लामो समयसम्म न्याय नदिइकन रहन सकिँदैन। हिजो जो युद्धरत थिए। हिजो जो राज्यपक्ष र बिद्रोही थिए, आज ती सत्तामा छन्। अथवा ती आ–आफ्नो ठाउँमा छन्। न्याय कसले पाएनन् भन्दा जो प्रत्यक्ष, परोक्ष रुपमा द्धन्द्धमा परेकाहरुले न्याय पाएनन्। यसलाई अगाडि लैजानु पर्छ। र न्याय सम्पादन गर्नुपर्छ। र त्यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय सहमती होस भन्ने चाहन्छ। तर राष्ट्रिय सहमति भएन भनेर यसलाई धेरै समय राख्न सकिँदैन। र यसलाई पीडित मैंत्री बनाएर न्याय सम्पादन हुनेगरी सत्यनै निरुपण हुने गरी गर्नुपर्छ भन्ने पक्षमा छौं। यस विषयमा छलफल चलिरहेको छ। हामी अब यो संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने हिसावले काम गर्नुपर्छ भन्ने हिसावमा छौं।’

प्रकाशित: १९ माघ २०८० १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App