१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आज तीन संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज एकै दिन तीन/तीन वटा संसदीय समितिको बैठक बस्ने भएका छन्।

बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। यो बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ।

यसैगरी साढे ११ बजे नै बस्ने भनिएको विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ।

दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: १८ माघ २०८० ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App