२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपाको संसदीय दलको बैठक भोलि, हिउँदे अभिवेशनबारे छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भोलि बस्ने भएको छ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक भोलि बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको हुँदा अधिवेशनमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको उनले बताए।

यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र विकास आयोजनमा दबाब यात्र पनि गर्दैछ। काठमाडौंबाट मेलम्चीको  मुहान अम्बाथानसम्मै पुग्ने दबाब यात्राको थालनी पार्टी सभापति रवि लामिछानेले नै गर्ने रास्वपाले बताएको छ।

प्रकाशित: १८ माघ २०८० ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App