१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपाले तोक्यो ३७ विभागको विषयगत कामको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभागलाई विषयगत कामको जिम्मेवारी तोकेको छ। बुधवार अबेरसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न ३७ वटा विभागलाई विषयगत जिम्मेवारी तोकेको हो। बैठकले केन्द्रीय सदस्य डा. प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ।

बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता समेत पारित गरेको छ।

बैठकमा सहकारी र लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनबारे पनि छलफल भएको थियो।  

माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरेको छ।  

बैठकले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने साथै त्यस्ता आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न कार्यदल गठन गरेको छ। 

कसलाई कुन विभागको जिम्मेवारी? विस्तृत रुपमा हेरौंः

प्रकाशित: ४ माघ २०८० ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App