नेपाल एसबिआई बैंक लिमिटेडले सस्टेनेवल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (सेटफरएनपिएल) परियोजनासँग समझदारी गरेको छ।
सेटफरएनपिएल परियोजना मिटिगेसन एक्सन फेसिलिटीको आर्थिक सहयोग, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई)को सहकार्यमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जिआइजेडद्वारा सञ्चालित कार्यक्रम हो।
सेटफरएनपिएल परियोजनाले नेपालको सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको प्रयोगलाई सर्वस्वीकार्य बनाउन सार्वजनिक यातायात सञ्चालक तथा त्यस्ता सार्वजनिक यातायातक्षेत्रमा लगानी गर्ने वित्तीय मध्यस्थकर्ताहरू (हायर पर्चेज कम्पनी तथा बैंक तथा वित्तीय संस्थाहरू) लाई विभिन्न किसिमका वित्तीय तथा गैरवित्तीय प्रोत्साहन प्रदान गर्दछ।
यसले नेपालको सार्वजनिक यातायातलाई दिगो सुविधाजनक तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ। यसका लागि आयोजनाले ३५०० विद्युतीय माइक्रोबस तथा मिनिबस खरिद तथा सञ्चालन गर्न विभिन्न प्रोत्साहन प्याकेज प्रदान गर्नेछ।
प्रकाशित: २५ माघ २०८२ ०८:४१ आइतबार





