२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोस्रो युद्धविराम हुँदा विपिन रिहा हुने विश्वास छः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

आज बिहान डडेल्धुरामा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साउदले विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेको भन्दै कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको र दोस्रो युद्ध विरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे।  

‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ,’ उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन्।’

यसका साथै मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारे। उनले विद्यार्थी भिसा र भिजिट भिसालगायतमा रुस पुगेकाहरू त्यहाँको सेनामा भर्ती भएको बताए। उनले रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ वटा शवहरू अहिले त्यहाँको शवगृहमा राखिएको जानकारी दिए।  

शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल भइरहेको उनको भनाइ छ। उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यह त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ।’

प्रकाशित: २७ पुस २०८० ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App