१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

समन्वय समितिको संयोजकमा लेखक

फाइल तस्बिर

सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ।

सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको आज बसेको बैठकले समितिका सदस्यसमेत रहनुभएका प्रमुख सचेतक लेखकलाई चयन गरेको कांग्रेसले जनाएको छ।समितिका सदस्यमा नेकपा ९माओवादी केन्द्र०का वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डे तथा जनता समाजवादी पार्टी नेपालका मनिष सुमन रहेका छन।

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन सत्तापक्षीय गठबन्धनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि आफ्ना उम्मेदवारलाई विजय गराउन विभिन्न निर्णय गरेको छ।बैठकले सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति तथा ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित: २५ पुस २०८० १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App