२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ

न्याय परिषद्ले उच्च अदालतका लागि नियुक्ति गरेका न्यायाधीशहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ३९ जना उच्च अदालतका न्यायाधीशहरुलाई पद तथा गोपनीयताको आज सपथ दिलाएका हुन्।

पुस १८ गते बसेको न्याय परिषद् बैठकले तीनजना महिलासहित एकैपटकमा ३९ जना न्यायाधीश नियुक्ति गरेको थियो।

उच्च अदालतमा नियुक्ति गरिएका न्यायाधीशमध्ये २६ जना जिल्ला न्यायाधीश, ४ न्याय सेवामा कार्यरत, ९ जना कानुन व्यवसायीबाट रहेका छन्।

संविधानको धारा १४० मा उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा व्यवस्था गरिएको छ । प्रधानन्यायाधीशले न्याय परिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ।

प्रकाशित: २३ पुस २०८० ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App