१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

त्रिवि उपकुलमा तीन वर्षे अनुभव हटाउन प्रधानमन्त्री निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि कम्तीमा विश्वविद्यालयमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने व्यवस्था प्रति असन्तुष्टि जनाएका छन्।

त्रिविको उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले शुक्रबार दरखास्त आह्वान गरी सूचना प्रकाशित गरेपछि उपकुलपतिले पेस गर्नु पर्ने कागजात सम्बन्धी सूचनाको विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभवको व्यवस्थामा चौतर्फी विरोध आएको छ।

चौतर्फी विरोध आएपछि विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्रीले सूचनाबारे स्पष्टीकरण माग गर्न छनौट समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई र समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीलाई शुक्रबार प्रधानमन्त्री कार्यालयमा बोलाएका थिए।

‘हामीले त्रिविमा राजनीति मुक्त गर्न खोजेका हौँ । प्राज्ञिक मर्यादा कायम गर्न भनेरै सार्वजनिक सूचना आह्वान गरेका हौँ,’ प्रधानमन्त्रीले भने, ‘तर खुला प्रतिस्पर्धाबाट उपकुलपति छनौट गर्ने सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा तीन वर्ष काम गरेको अनुभवले फेरि विवाद ल्यायो। यो व्यवस्था हटाएर अर्को सूचना निकाल्नुस्।’ प्रधानमन्त्रीले भने  ‘अबको सूचनाले देश र विदेश जुनसुकै विश्वविद्यालयकाले उपकुलपति बन्न पाउने खुला हुने गरी सूचना निकाल्नू।’

त्रिवि उपकुलपति छनौट समितिले शुक्रबार उपकुलपति छनौट गर्न आह्वान गरेको सूचनामा उपकुलपति हुने उम्मेदवार नेपाली नागरिक हुनु पर्ने, स्नातकोत्तर  र विद्यावारिधि तहको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्ने,प्राध्यापकको सुरु नियुक्ति पत्रका प्रमाण,विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको र बढीमा तीन हजार शब्द रहेको विश्वविद्यालयसम्बन्धी सोच पत्र पेस गर्नु पर्ने व्यवस्था गरेको थियो।

प्रकाशित: २० पुस २०८० ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App