२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पशुपतिमा जयशंकरले भने, 'दुई देशको सम्बन्धको कल्याण होस्'

भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपति पुगेर पूजा आरधना गरेका छन्। पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा सौभाग्य प्राप्त भएको उनले बताएका छन्।

सामाजीक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, 'हाम्रा दुई देशका जनता र भारत/नेपाल सम्बन्धको कल्याणको लागि प्रार्थना गरे।'

भारतीय विदेशमन्त्री जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन्। त्यस क्रममा उनले रुद्राक्षको विरुवा पनि रोपेका थिए।

उनी अहिले त्रिभुवन विश्वविद्यालयको नयाँ पुस्तकालयको उद्घाटन समारोहमा सहभागि भइरहेका छन्।

प्रकाशित: २० पुस २०८० ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App