७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

हेटौंडामा बागमती प्रदेशअन्तर्गतका मतदाताले मतदान गर्ने भएपछि कार्यालय स्थापना गरिएको हो। यसअघि पनि हेटौंडामै राष्ट्रियसभाको निर्वाचन भएको थियो। हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनका लागि आवश्यक काम अघि बढ्ने जानकारी दिइएको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट चारजना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन्।

प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार बागमती प्रदेशमा ३४७ जना मतदाता रहेका छन्।

यस प्रदेशमा एक सय १० जना प्रदेशसभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन्।

यस वर्ष प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको प्रमुख–उपप्रमुखको मतभार १९ कायम गरिएको प्रमुख निर्वाचन अधिकृत कार्कीले जानकारी दिए। राष्ट्रियसभा सदस्यको मतदान भने हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ब्लक एफमा हुने जानकारी दिइएको छ। 

प्रकाशित: १७ पुस २०८० ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App