२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रश्न पाठकलाई:गगनले प्रचण्डलाई किन दिन्छन् पटक–पटक चेतावनी?

नेपाली काँग्रेसको जगमा निर्माण भएको सरकारकाे नेतृत्व गरिरहेका  पुष्पकमल दाहाललाई त्यही पार्टीका महामन्त्री गगन थापाले बारम्बार धम्की र चेतावनी दिइरहन्छन्।

एक वर्ष पुरा गरेर नयाँ ढङ्गले अगाडी बढ्ने तयारीका साथ मन्त्रीपरिषद् पुनर्गठनको दाहालले तयारी गर्दै गर्दा महामन्त्री थापाले ‘राम्रो काम गर्न नसके’बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन्। यो उनको पहिलो चेतावनी भने होइन। उनले पटक–पटक धम्की र चेतावनी दिन्छन्।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको बताए। के प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म राम्रै काम गरेको गगनको आकलन हो? प्रधानमन्त्री दाहाल आफ्नो चेतावनी पछि अझ राम्रो काम गर्छन् भन्ने भ्रममा त गगन त छैनन्? 

आफ्नै दलको मुख्य समर्थनमा बनेको सरकारलाई बारम्बार धम्की दिने गगन शैलीको कतिपयले आलोचना गर्न थालेका छन्। भाषणमा धम्की दिने तर गर्न खासै केही नसक्ने उनको शैलीलाई मन्त्री पदको बार्गेनिङ त होइन भन्ने आकलन गर्न थालिएको छ।  ‘देशको माया गरेर भनेको जस्तो त लाग्दैन,’ सामाजिक सञ्जालमा  प्रदीप न्यौपाने लेख्छन्, ‘पदको लागि देखाएको आक्रोश जस्तो देखिन्छ ।’

उनले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने उल्लेख गरे।  खुमलटार पठाउने यो उनको पहिलो धम्की हैन। यस अघि मङ्सिरको अन्तिम साता पनि थापाले  काँग्रेसले प्रचण्डलाई बालुवाटारबाट खुमलटार जानुस् भन्ने आँट गर्नुपर्छ भनेर भाषण गरेका थिए।

पार्टीको  पाल्पा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले काँग्रेस सरकारमा भएकाले अरूलाई दोष दिएर उम्किन मिल्ने अवस्था नरहेको बताउँदै  सरकारले गल्ती गरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउन सक्नुपर्ने उल्लेख गरेका थिए। ‘सरकारले गल्ती गरे प्रधानमन्त्रीलाई बालुवाटारबाट खुमलटार पठाउँछौँ भन्ने आँट पनि गर्नुपर्छ’, उनले त्यति बेला पनि भनेका थिए।

त्यस्तै उनले पर्वतको एक कार्यक्रममा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन्तोषजनक काम गर्न नसकेको बताएका थिए। आफ्नै दलको मुख्य समर्थनमा बनेको सरकारलाई बारम्बार धम्की दिने गगन शैलीको कतिपयले आलोचना गर्न थालेका छन्। भाषणमा धम्की दिने तर गर्न खासै केही नसक्ने उनको शैलीलाई मन्त्री पदको बार्गेनिङको रूपमा समेत लिएका छन्।

‘देशको माया गरेर भनेको जस्तो त लाग्दैन,’ सामाजिक सञ्जालमा  प्रदीप न्यौपाने लेख्छन्, ‘पदको लागि देखाएको आक्रोश जस्तो देखिन्छ।’

प्रकाशित: १५ पुस २०८० ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App