७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेशसभामा एमालेले खोज्यो मुख्यमन्त्री

फाइल तस्बिर

कोशी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्रीको खोजी गरेको छ। बुधबारको प्रदेशसभा बैठकमा एमाले संसदीय दलको तर्फबाट विशेष समय लिएर बोल्दै नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेससभामा लामो समयदेखि मुख्यमन्त्री अनुपस्थित भएको भन्दै मुख्यमन्त्री खोइ भनी प्रश्न गरे।

भण्डारीले प्रदेशसभामा एक जना मात्रै मन्त्री पठाएर सरकारको जिम्मेवारी पुरा नहुने तर्क गरे। ‘बैठक सञ्चालनका लागि एक जना मन्त्री पठाएर मात्रै पुग्छ’ भण्डारीले साेधे धेरै दिन देखि मुख्यमन्त्री देखिनुभएको छैन। खोइ मुख्यमन्त्री?’ बारम्बार प्रदेशसभामा मुख्यमन्त्री तथा मन्त्रीहरू अनुपस्थित भइरहेका कारण यो सरकार प्रदेशसभा प्रति उत्तरदायी नभएको भण्डारीको आरोप छ। उनले सरकारलाई  प्रदेशसभा र जनताप्रति उत्तरदायी हुन आग्रहसमेत गरे।  सरकार गठन भएको ७५ दिन सम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि नदिएको भन्दै भण्डारीले सरकारको कार्यसम्पादन कमजोर रहेको आरोप लगाए।

भण्डारीले प्रदेश सरकार अल्पमतमा परिसकेको दाबीसमेत गरे। उनले सरकारमा रहेका भन्दा सरकार बाहिर रहेका सांसदको संख्या धेरै भएको बताए। भण्डारीले भने, ‘एमालेका ४०, राप्रपाका ६ र जसपाका १ गरी ४७ जना सांसद सरकार बाहिर रहेका कारण अहिलेको सरकार अल्पमतमा परिसकेको छ।’ भण्डारीले मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूसँग पनि राम्रो सम्बन्ध कायम गर्न नसकेको गुनासो गरे। 

प्रकाशित: ११ पुस २०८० १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App