११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक केहीबेरमा बस्दै

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजपनि बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा पदाधिकारी बैठक सुरु हुने बताइएको छ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

आज बस्ने बैठकले विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने छ।  

सचिव पौडेलका अनुसार विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक माघभित्र गर्ने गरी प्रस्ताव गरिएको छ।

प्रकाशित: ५ पुस २०८० ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App