१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगरको पञ्चवर्षीय योजनाबारे छलफल

विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ। विराटनगरको विकासका लागि आर्थिक वर्ष २०८०/८१–२०८४/८५ को आवधिक योजनाका विषयमा सरोकारवालाहरूसँग  महानगरपालिकाले छलफल गरेको हो।

विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजना तायार पारिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए। विराटनगरको भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग–व्यवसायलगायतका विषयलाई समेटेर तयार पारिएको आवधिक योजनाबारे विकास विज्ञ डा. रामचन्द्र लामिछानेले प्रस्तुति गरेका थिए।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले भावीपुस्ताले कस्तो विराटनगर चाहेका छन् भन्ने  योजनाका साथ काम गर्नुपर्नेमा जोड दिए। उनले आगामी १० वर्षसम्मका लागि सडक, विद्यालय, बत्ती, खानेपानीसहितका आधारभूत विषयलाई  समेटेर योजना बनाउनु आवश्यक रहेको सुझाव दिए।

कार्यक्रममा  वडाध्यक्षहरु काजीबहादुर बस्नेत, भौतिक पूर्वाधार विकास समितिका संयोजक तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, श्याम घिमिरे, बासुबहादुर बस्नेत, विश्वनाथ भगत, सूर्यनारायण यादवलगायतले महानगरको विषयगत समितिमा व्यापक छलफल गरेर मात्रै आवधिक योजनालाई अन्तिम रुप दिन सुझाव दिए। छलफलमा कार्यपालिका सदस्यसहित विभिन्न शाखा र महाशाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो।  

प्रकाशित: २ पुस २०८० १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App