१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ। धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु हुने आजको बैठक ३ दिनसम्म चल्ने छ।  

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ गर्ने कार्यतालिका रहेको। यस्तै सचिवालय र कोषाध्यक्षको प्रतिवेदन पनि बैठकमा प्रस्तुत हुनेछ। साथै बैठकमा भूगोलकेन्द्रित कार्यक्रमको समीक्षा र समूहगत छलफल हुने बताइएको छ।

पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धी प्रस्तावमाथि पनि छलफलका लागि पेस हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।  

बैठकमा राजतन्त्रका लागि आन्दोलनको अपरिहार्यताको एजेन्डा पेस हुने बताइएको छ।  

प्रकाशित: १ पुस २०८० ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App