६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

‘बढ्ता निषेध गर्दा पञ्चायत चिप्लेको थियो याद गर!’

फाइल तस्बिर

राप्रपा कञ्चनपुरले मंसिर २८ गते संविधान चोकमा महेन्द्रको सालिक स्थापना भन्ने खबर सार्वजनिक भएसँगै त्यसमा विभिन्न प्रतिक्रियाहरू सुनिन थालेका छन्।

स्थानीय ८ दलले यस्ता गतिविधिले व्यवस्था खतरा पर्ने औँल्याउँदै गर्दा धेरैले  तिम्रो व्यवस्था कति कमजोर भन्दै व्यङ्ग हानेका छन्।  ‘ए पाखण्डी हो सालिकले हैन, तिम्रो कर्मले तिम्रो व्यवस्था रहने नरहने निर्धारण गर्छ,’ सामाजिक संन्जालमा जीवराम भण्डारी लेख्छन्, ‘निषेधको भावना तिमी धेरै कमजोर भएको उपज हो, यस्तै गर्दा पञ्चायत चिप्लेको थियो याद गरे।’  

कञ्चनपुरको संविधान चोकमा सालिक स्थापना हुने खबरसँगै त्य उक्त काम संविधानको बर्खिलाप भन्दै नेपाली काँग्रेस, एमाले, माओवादी लगायत ८ दलले संयुक्त विज्ञप्ति निकालेका हुन्।  

‘ए पाखण्डी हो सालिकले हैन, तिम्रो कर्मले तिम्रो व्यवस्था रहने नरहने निर्धारण गर्छ,’ सामाजिक सञ्जालमा जीवराम भण्डारी लेख्छन्, ‘निषेधको भावना तिमी धेरै कमजोर भएको उपज हो, यस्तै गर्दा पञ्चायत चिप्लेको थियो याद गर।’  

त्यस्तै सामाजिक सञ्जालमा राधाकृष्ण डुम्रे लेख्छन्– ‘देश गणतन्त्र भइसकेपछि सालिकसँग किन डराउनु पर्‍यो, इतिहासको सम्मान र संरक्षण गर्न सक्नु पर्छ । यसमा मात्रै नेपाल र नेपालीको हित छ।’

प्रकाशित: २२ मंसिर २०८० ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App