१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाले चन्द्र भण्डारीको तारिफ गरेका हुन् की व्यङ्ग्य?

नेपाली काँग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य चन्द्र भण्डारीको भाषणलाई लिएर गरेको टिप्पणी अहिले चर्चामा छ।

उनले भण्डारीको भाषण राम्रो भएको तर अब काम गर्ने बेला भएको भन्दै तत्कालै मञ्चबाटै प्रतिक्रिया दिएका थिए।  

चन्द्रजीले बडो राम्रो कुरा गर्नु भयो अब भाषण मात्रै गरेर भएन । तपाइले काम पनि गर्नु पर्छ । अव तपाइको काम गर्ने बेला आएको छ: देउवा  

देउवाभन्दा अगाडि बोलेका केन्द्रीय सदस्य भण्डारीले काँग्रेसमा गुटले महामारीको रूप लिएको भन्दै नेतृत्वले आफ्नो आचरण सुधार गर्नुपर्ने सुझाव सभापति देउवालाई सुनाएका थिए। भण्डारीले महामारीको रूपमा फैलिएको काँग्रेस भित्रका गुटका विरुद्ध भ्याक्सिन लगाउनु पर्ने भनाइ राखेका थिए।

काँग्रेसमा गुटले महामारीको रूप लिएको छ।  नेतृत्वले आचरण सुधार गर्नु पर्‍यो।  गुटका विरुद्ध भ्याक्सिन लगाउनु पर्ने भइसक्यो : चन्द्र भण्डारी  

उनको सुझावमा प्रतिक्रिया दिँदै देउवाले कुरा भन्दा काम गर्नु पर्ने भनाइ राखेका थिए। ‘चन्द्रजीले बडो राम्रो कुरा गर्नु भयो अब भाषण मात्रै गरेर भएन तपाइले काम पनि गर्नु पर्छ, उनले भने, ‘अब तपाईंको काम गर्ने बेला आएको छ।’  

पार्टीलाई बलियो बनाउन र एकता कायम गर्न आफू मिलेर काम गर्न तयार रहेको सङ्केत गर्दै देउवाले आफू कम बोले पनि काम बढी गर्न खोजिरहेको दाबी गरे।

प्रकाशित: १७ मंसिर २०८० ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App