१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। उनले आज दिउँसो १ बजेका लागि सवैदलीय बैठक बोलाएका हुन्।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए।

बैठकले प्रदेश सभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ।  

प्रकाशित: १७ मंसिर २०८० ०२:२१ आइतबार

बागमती प्रदेश बागमती शालिकराम जम्कट्टेल सर्वदलीय बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय