१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीले भनेः अस्थिर राजनीतिलाई सङ्कल्प यात्राले सहि बाटोमा ल्याउँछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली' बनाउने काममा एमालेले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

बैतडीको झुलाघाटमा एमालेको सङ्कल्प यात्राको आज सुरुआत गर्दै उनले समृद्ध नेपाल र सुखी नेपाली नारालाई वास्तविकतामा परिणत गर्न लागिपरेको बताए।

उनले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा अनुरुप नै यो मध्यपहाडी लोकमार्ग यात्रा सुरु गरिएको भन्दै मध्यपहाडी भूभागमा विकास सम्भावनाको बारेमा बुझ्न र सोही अनुसार विकास गर्न सहज हुने बताए।

अध्यक्ष ओलीले यस सङ्कल्प यात्रामा जनतासँग संवाद र अध्ययनको काम गरिने जानकारी दिए।  

ओलीले मध्यपहाडी क्षेत्रको विकास कसरी गर्न सकिन्छ, युवालाई कसरी रोजगारी दिने र स्वदेशमै टिकाउने, गुणस्तरीय स्वास्थ्य, शिक्षा लगायतका विषयमा पनि अभियानले मद्दत पुग्ने उल्लेख गरे।

उनले यात्राको क्रममा प्राध्यापक, शिक्षक, कर्मचारी, राजनीतिक दलका नेता, प्रतिनिधि, विभिन्न पेशाका व्यक्तिसँग छलफल गरेर विभिन्न भुगोल, वातावरण, हावापानी विविधायुक्त विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने बताए।

जनताले भोगिरहेका समस्या कस्ता छन्? जनताको अपेक्षा के छन् भन्ने बुझ्न र  अहिलेको परिस्थितीबाट बदलेर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गरेर छाड्ने नयाँ सङ्कल्प यस अभियानमा अघि बढाउने उनको भनाइ थियो।

उनले भने, ‘अहिलेको सरकारी अकर्मण्यता, ओरालो लाग्दै गरेको अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीती यी सबै कुरालाई सहि बाटोमा ल्याउनका लागि यस यात्राले चिन्तन, मननदेखि लिएर व्यवहारिक नीती योजना निर्माण गर्न मद्यत पुर्‍याउँछ।’

राष्टिय शक्ती निर्माणका लागि यो जागरण अभियान रहेको भन्दै ओलीले जनताको हितमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, परिर्वतनको पक्षमा, लोकतन्त्रको, विकासको पक्षमा, शुसासनको पक्षमा, समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्न यो यात्राले महत्वपुर्ण योगदान पुर्‍याउने बताए।

‘सकरात्मक परिर्वनका लागि सकरात्मक शक्तीको नेतृत्व देशलाई चाहिएको छ। जनताले मात्रै देशलाई यस दिशामा अघि बढाउन सक्ने भएकाले जनताकाबिच फरक ढंगले गइरहेको छौं ’उनले भने ।  

आजबाट सुरु भएको यात्रा पुस १ मा पाचथरको चिवा भन्ज्याङमा पुगेर झण्डोत्तलन गरेर सकिने छ।

प्रकाशित: १४ मंसिर २०८० ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App