१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

महिलाहरुलाई प्रत्यक्ष निर्वाचन लड्नका लागि बजेट छुट्याउनुपर्छ: उपसभामुख राना

उपसभामुख इन्दिरा रानालेले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छिन्।

सोमवार ललितपुरमा आयोजित ‘महिला तथा बालिका विरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उनले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन्। उनले महिला–महिलाहरुको विचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

महिलाहरुलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने उनको भनाइ छ। उनले महिला सांसदहरु धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरुलाई होच्याउने काम भएको बताइन्। उनले महिलाहरुलाई राजनीतिको निर्णायक ठाउँमा पु¥याउनुपर्ने पनि बताइन्।

उनले भनिन्, ‘धेरैजसो महिला सांसदहरु समानुपातिकबाट आएका छौँ। ३३ प्रतिशत आरक्षण प्रणालीबाट आएका छौँ। मलाई लाग्छ हामी निर्णायक भुमिकामा छैनौँ। हामीमा पहुँच छैन। त्यसले गर्दा कति कुराहरु चाहेर पनि हामीले ह्वीपमा एस्, एस् भन्नुपर्छ। कति चित्त नबुझेको कुरामा पनि। महिलाहरु निर्णायक भुमिकामा आउनुपर्छ। पहुँचमा आउनुपर्छ र त्यसमा हामीले बढी लगानी गर्नुपर्छ। महिला माननीयहरु प्रत्यक्षमा लड्ने ठाउँमा महिला–महिला लडाउने। अथवा महिलाहरुलाई सरकारले केही बजेटहरु छुट्टयाइदिने निर्वाचनमा भन्ने कुरामा जोड दिनुपर्छ। समानुपातिकमा तिमीलाई त बोलाएर आएको त हो नि। दिएर आएको त हो नि भनेर हामीलाई हिनताबोध दिने काम भइरहेको छ। हामी जुनसुकै पार्टीबाट आएपनि हाम्रो व्यक्तिगत स्वार्थ र पार्टीको स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको हितको लागि जुन पिछडिएका वर्गहरु, महिला, सिमान्तकृत वर्गहरु, अपांगता भएका साथीहरुको लागि आवाज उठाउनलाई हामीले त्यही वर्गबाट धेरै प्रतिनिधित्व हुनुपर्छ। र दह्रो गरी आउनुपर्छ। कोही कसैको विचरा भएर होइन।’

प्रकाशित: ११ मंसिर २०८० १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App