१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

कोशी एलाइटको उपाधिका लागि मोरङ र झापा भिड्दै

विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार मोरङ र झापा खेल्ने भएका छन् ।  

यसअघि मोरङ २ खेल जित्दै ४ अंकका साथ तालिकामा शीर्ष स्थान हुँदै फाइनल पुगेको थियो ।  

झापा २ खेलमध्ये १ मा जित १ मा हार्दै २ अंकका साथ तालिकाको दोस्रो स्थान हुँदै फाइनल प्रवेश गरेको हो । सुनसरी २ खेल हार्दै बाहिरिएको हो ।  

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा झापाले सुनसरीलाई ४ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । टस जितेर झापाले सुनसरीलाई पहिलो ब्याटिङको मौका दिएको थियो ।  

सुनसरीले पहिलो ब्याटिङ थाल्दै ५० ओभरमा ९ विकेटको क्षतिमा १८३ रनको चुनौती प्रस्तुत गरेको थियो । रविन मण्डलले ४१ रन, आकाश सरिफले ३८ रन, समिर तिम्सिना २७ रन, रोहन साह १६ रन र गौरव कटवाल ११ रनको योगदान गरे ।  

झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट, सुजन थपलिया, विपिनकुमार महतो र आयुष न्यौपानेले समान १–१ विकेट लिए ।

झापाले पाएको १८४ रनको लक्ष्य भेटाउने क्रममा ४७ ओभरमा ६ विकेट गुमाउँदै विजयी भएको थियो । दीपु भुजेलले ८४रन, समिर कार्कीले ४७ रन, भूपाल दंगालले ३५ रन र सुजन थपलियाले २३ रन बनाए । सुनसरीका विकल्प आचार्यले ३ विकेट लिँदा भूपाल लुइँटेल, रोहन साह र रविन मण्डलले समान १–१ विकेट लिए ।

 

प्रकाशित: १६ माघ २०८२ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App