२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्व राजालाई युवा नेताले दिँदैछन् चुनौती

राजावादीको सक्रियता बढेसँगै ठूला दलका युवा नेताहरु पूर्व राजासँग आक्रोशित भएका छन्। उनीहरुले राजालाई जस्केलाबाट छिर्ने कोसिस गर्नुभन्दा सिधै चुनावमा आउन चेतावनी दिएका छन्।

नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिए। पत्रकार महासङ्घ ताप्लेजुङले आइतबार बिहान फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले जस्केलाबाट छिर्ने कोसिस नगर्न चेतावनी दिए।  

पूर्व राजाले आफ्नो हैसियत बिर्सिएर तमासा देखाउन आवश्यक छैन। जस्केलाबाट छिर्ने कोसिस  नगरे हुन्छ। नेपाली जनताको समृद्धिको चाहनामा अवरोध सृजना गर्ने कार्य कुनै हालतमा सह्य हुँदैन।: योगशकुमार भट्टराई, नेकपा एमाले 

‘पूर्व राजाले आफ्नो हैसियत बिर्सिएर तमासा देखाउन आवश्यक छैन,’ उनले भने ‘ नेपाली जनताको समृद्धिको चाहनामा अवरोध सृजना गर्ने कार्य कुनै हालतमा सह्य हुँदैन।’

नले व्यवस्था विरोधी हर्कत भइरहँदा सरकारको धारणा नआउनु आफैँमा रहस्यको विषय रहेको भट्टराईले दाबी गरे।‘म नेपाली काँग्रेसका साथीहरूलाई समेत आग्रह गर्छु, उनले भने, ‘अहिले यो त एमाले माथिको दबाब न हो भनेर खुच्चिङ मान्ने अवस्था होइन’तपाँईहरुको पनि यसका बारेमा धारणा के छ?।’  

यस अघि हिजो गुल्मीमा भएका कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका थिए।  

शनिवार काँग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पूर्व राजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे। ‘पूर्व राजाले पनि जुवाको च्याँखे खालमा दाउ हान्ने होइन, उनले भने, ‘महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, काँग्रेस भिड्न तयार छ।’  

पूर्व राजाले पनि जुवाको च्याँखे खालमा दाउ हान्ने होइन। महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, काँग्रेस भिड्न तयार छ। : गगन थापा, महामन्त्री, नेपाली काँग्रेस  

पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईँ समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले ज्ञानेन्द्र शाहलाई आफैँ चुनाव लड्न आग्रह गरेका हुन्।  

प्रकाशित: १० मंसिर २०८० ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App