१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले भूकम्प पीडितलाई युद्ध स्तरमा सेवा दिन सक्नुपर्छ: झलनाथ खनाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्ध स्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन्।

जाडोले कठ्याङ्ग्रिएर भूकम्प पीडितहरू मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्मानित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरूको सेवामा सरकार युद्ध स्तरमा लाग्नुपर्ने बताएका हुन। सोमबार काठमाडौँको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसी भैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए।

नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रुपमा पनि चित्रण गरे। 

प्रकाशित: २७ कार्तिक २०८० १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App