१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्णालीमा आज शोक दिवस

कर्णाली प्रदेश सरकारले आज शोक दिवस मनाउने निर्णय गरेको छ। शनिबार राति बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि आज शोक दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।  

बैठकले प्रदेशको विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने निर्णय गरेको पनि उनले बताए। भुकम्पबाट अति प्रावित पालिकालाई तत्काल खर्च गर्ने गरी बढीमा २५ लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ।

‘राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरूलाई पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ,’ प्रवक्ता जिसीले भने, ‘यसका अलावा पीडितहरुलाई पुर्नस्थापना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने निर्णय गरिएको छ।’ बैठकले राहत वितरण तथा पुर्नस्थापनामा एकद्धार ढङ्गबाट अघि बढने निर्णय गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८० ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App