४ वैशाख २०८१ मंगलबार
राजनीति

भक्तपुरमा शान्तिपूर्ण र उत्साहजनक मतदान (भिडियो)

भक्तपुर- भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा शुरु भएको छ।  भक्तपुरका ७८ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ । जिल्लामा कुल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेका छन् । 

सुरक्षाका लागि भक्तपुरमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदाताले उत्साहित भएर मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ११ बजे मतदान गर्ने कार्यक्रम छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

प्रकाशित: २१ मंसिर २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App